बुधबार , जेठ २९, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अनावश्यक लान्छना लगाइरहेको बताएका छन् ।

आज (शुक्रबार) पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमाथि सरकार अस्वभाविक र अप्राकृतिक ढंगले प्रस्तुत भइरहेको ब्रिफिङ गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘विद्युत प्राधिकरणका कार्यकारी अधिकृतमाथि अस्वभाविक ढंगले, अप्राकृतिक ढंगले लान्छना लगाउने कुरा भइरहेको छ ।’

त्यस्तै, प्रवक्ता सापकोटाका अनुसार प्रचण्डले आफू नेतृत्वको सरकारको पालामा सुरु भएको सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई वर्तमान सरकारले अगाडि बढाउनुको साटो अवरोध सिर्जना गरेको बताए । ‘सरकारले त्यस्तो सुशासनको सवालमा, भ्रष्टाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर हामीले खबरदारी गरेका छौं,’– प्रवक्ता सापकोटाले भने ।

माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उनले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP