आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र) भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीको खोजी सुरु भएको छ । गत शुक्रबार सुरु भएर आज (मंगलबार) टुङ्गिएको पार्टी पदाधिकारी बैठकमा उत्तराधिकारीहरु तयार पार्ने, त्यसको नीति, पद्धति, संगठनात्मक ढाँचा, विधिहरुको बारेमा छलफल भएको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकमा प्रचण्डले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीभित्रको समस्यालगायतका विषयमा पनि आफ्नो धारणा राखेको सापकोटाले बताए । प्रचण्डले आफूले एक पटक जनताको कुरा सुन्न देशभरी जाने इच्छा व्यक्त गरेको पनि उनले बताए । ‘जनतासितको सम्बन्धको कडी अलि टुटेको छ । जनतासित एकाकार हुनका लागि, जनताको सुख, दुःख बूझ्नका लागि, उनीहरुका कुरा सुन्नका लागि म एकपल्ट देशैभरी जाने मेरो इच्छा छ । त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ भनेर भन्नुभएको छ,’– प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने ।

त्यस्तै, माओवादीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने निश्कर्ष निकालेको छ । गठबन्धन गरेर निर्वाचन लड्दा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु ओझेलमा परेको बैठकको निश्कर्ष छ । आजको बैठकमा प्रचण्डले पदाधिकारीहरुको पश्नको जवाफ दिएका थिए ।

‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने, जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकोस् । पहिलाका अनुभवले हामीलाई के भयो भने गठबन्धन गर्दाखेरी कहीँ न कहीँ अरु पार्टीको पनि सन्तुलन मिलाउन पर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा, हाम्रो दृष्टिकोण लाने हामीलाई मौका मिलेको थिएन । हामीले के निश्कर्ष निकालेका छौं त भन्दाखेरी यो जनतामा जाने सुर्वण अवसर पनि हो,’– प्रवक्ता सापकोटाले भने ।

साथै, गठबन्धन गरेर निर्वाचनमा जाँदा वर्गसितको सम्बन्ध खुकुलो र टुटेको भएको र जनताको सुख, दुःखमा नजोडिएको जस्तो भएको प्रवक्ता सापकोटाले बताए । उनले पदाधिकारी बैठकमा लामो समीक्षासहित जनतामा जाने निर्णय गरिएको बताए । माओवादी केन्द्रले आगामी साउनको २५ गते स्थायी समिति बैठक बोलाएको छ ।

प्रवक्ता सापकोटाले पदाधिकारी बैठकमा प्रतिपक्षीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, गुणात्मक ढंगले देश र जनताका जल्दाबल्दा समस्याहरु र अघिल्लो सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशान, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने निर्णय भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP