सोमबार , बैसाख ८, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआइजी डा. मनोज केसीको सरुवा आफूलाई कुनै नयाँ नलागेको प्रतिक्रिया दिएका छन् । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो वर्तमान सरकारको अकर्मण्यताको ट्रेलरमात्रै भएको बताए । उनले पूर्ण तस्वीर आउन बाँकी नै रहेको दाबी गरे ।

‘मैले त आश गरेको चिज हो । मलाई नयाँ लागेकै छैन । ठूला पार्टी एक ठाउँमा उभिएपछि यही हुन्छ भनेर हामीले भन्न खोजेका थियौं । सामान्य विषयमा अर्को ठूलो पार्टी प्रतिपक्षमा हुँदा कत्रो ठूलो हंगामा भएको थियो नि त । मलाई केही समय धैर्य गर्न दिनुस्, हेर्दै गर्नुस् । यो ट्रेलर हो । पिक्चर बाँकी नै छ,’– लामिछानेले भने ।

गृहमन्त्रालयले डिआइजी केसीलाई आकस्मिक रुपमा सरुवा गरेको थियो । केसी उनै प्रहरी अधिकृत हुन, जसले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न बेचन झा र पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पक्राउ गरेका थिए । झा र थापा पक्राउपछि नेपाली राजनीति तरंगित बनेको थियो ।

केसीको सरुवा दुई महिनापनि नपुगी भएको छ । उनलाई विशेष ब्युरोमा खटाएको दुई महिना नपुग्दै अहिले गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको ठाउँमा डिआइजी राजन अधिकारीलाई ल्याईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP