आइतबार , असार १४, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा वर्गसँगको सम्बन्ध कमजोर बनेको बताएका छन् । आज (सोमबार) बसेको बैठकमा प्रचण्डले कमजोर बनेको वर्गीय सम्बन्धलाई सुधार गर्ने मौका माओवादीले अहिले पाइरहेको बताएका हुुन् । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाहको क्षेत्रमा र कुटनैतिक क्षेत्रमा राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनु परेको समेत बताए ।

‘हामीले सरकारमा रहेर भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने पक्षमा, कुटनैतिक क्षेत्रमा हामीले निकै राम्रो पहलकमदी लिएका थियौं । त्यो पहल कदमी लिँदालिँदै समीकरण परिवर्तन गरियो ।’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतामा जाने र कहीँ न कहीँ हाम्रो जनतासितको कडी टुटेको थियो । हाम्रो वर्गसितको सम्बन्ध कमजोर भएको थियो । त्यो सम्बन्धलाई सुदृढ गर्ने निकै ठूलो ऐतिहासिक अवसर प्राप्त भएको छ भन्ने कुरा उहाँले बताउनुभयो ।’

अध्यक्ष प्रचण्डको ब्रिफिङपछि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव चक्रपाणि खनाल, हितराज पाण्डे, प्रवक्ता सापकोटा, उपमहासचिव वर्षमान पुन र राम कार्कीले आ–आफ्नो धारणा राखेको पनि प्रवक्ता सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार नेताहरुले अब माओवादी रुपान्तरण र सुद्धीकरणको बाटोमा जानु जरुरी रहेको धारणा राखेका थिए ।

‘हामी रुपान्तरण र सुद्धीकरणलाई जोड दिन्छौं । त्यो सुद्धीकरण कस्तो हुन्छ त भन्दाखेरी पार्टीको सुद्धीकरण त हुँदै हो । त्यसका साथसाथै यो राज्यको पनि सुद्धीकरण हो, आन्दोलनको पनि हो,’– प्रचण्डको ब्रिफिङपछि नेताहरुले राखेको धारणाबारे प्रवक्ता सापकोटाले भने ।

बैठकमा आज ६ जना नेताहरुले धारणा राखेका थिए । कूल २२ सदस्यीय केन्द्रीय कार्यालय बैठकमा भोलि र पर्सीमा सबै नेताहरुले धारणा राख्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP