बुधबार , बैसाख १७, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा वर्गसँगको सम्बन्ध कमजोर बनेको बताएका छन् । आज (सोमबार) बसेको बैठकमा प्रचण्डले कमजोर बनेको वर्गीय सम्बन्धलाई सुधार गर्ने मौका माओवादीले अहिले पाइरहेको बताएका हुुन् । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाहको क्षेत्रमा र कुटनैतिक क्षेत्रमा राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनु परेको समेत बताए ।

‘हामीले सरकारमा रहेर भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने पक्षमा, कुटनैतिक क्षेत्रमा हामीले निकै राम्रो पहलकमदी लिएका थियौं । त्यो पहल कदमी लिँदालिँदै समीकरण परिवर्तन गरियो ।’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतामा जाने र कहीँ न कहीँ हाम्रो जनतासितको कडी टुटेको थियो । हाम्रो वर्गसितको सम्बन्ध कमजोर भएको थियो । त्यो सम्बन्धलाई सुदृढ गर्ने निकै ठूलो ऐतिहासिक अवसर प्राप्त भएको छ भन्ने कुरा उहाँले बताउनुभयो ।’

अध्यक्ष प्रचण्डको ब्रिफिङपछि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव चक्रपाणि खनाल, हितराज पाण्डे, प्रवक्ता सापकोटा, उपमहासचिव वर्षमान पुन र राम कार्कीले आ–आफ्नो धारणा राखेको पनि प्रवक्ता सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार नेताहरुले अब माओवादी रुपान्तरण र सुद्धीकरणको बाटोमा जानु जरुरी रहेको धारणा राखेका थिए ।

‘हामी रुपान्तरण र सुद्धीकरणलाई जोड दिन्छौं । त्यो सुद्धीकरण कस्तो हुन्छ त भन्दाखेरी पार्टीको सुद्धीकरण त हुँदै हो । त्यसका साथसाथै यो राज्यको पनि सुद्धीकरण हो, आन्दोलनको पनि हो,’– प्रचण्डको ब्रिफिङपछि नेताहरुले राखेको धारणाबारे प्रवक्ता सापकोटाले भने ।

बैठकमा आज ६ जना नेताहरुले धारणा राखेका थिए । कूल २२ सदस्यीय केन्द्रीय कार्यालय बैठकमा भोलि र पर्सीमा सबै नेताहरुले धारणा राख्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु