आइतबार , भाद्र १४, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल सुरु गरिएको टिप्पणी गरेका छन् । पार्टीको आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीविरुद्ध षड्यन्त्र गर्न लागिएको भन्दै चनाखो भएर बस्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

उनले कस्तो षड्यन्त्र भनेर खुलाएका छैनन् । तर, यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको बागडोर सम्हालेका छन् । ओली प्रधानमन्त्री भएदेखि नै माधव नेपाल सशंकित छन् । उनी प्रधानमन्त्री ओलीले शक्तिको दुरूपयोग गरेर आफ्नो पार्टी नै फुटाईदिने हुन् कि भनेर चिन्तित हुन थालेको चर्चा सुरु भएको छ ।

माधवको पार्टीमा आधा दर्जन सांसदहरु जुनसुकै बेला पार्टी छोड्न तयार रहेको सूचनाहरु प्रवाह भैरहेको बेलामा अध्यक्ष स्वयमको मुखबाट पार्टीविरुद्ध षड्यन्त्र हुन लागेको भन्ने अभिव्यक्ति आएपछि अरु नेताहरुपनि चिन्तित छन् । खासगरी सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर र अम्मर थापालगायत पार्टी नेतृत्वसँग असन्तुष्ट रहेको बताईएको छ ।

अध्यक्ष नेपालसँग अहिले प्रेम आले र किसान श्रेष्ठको त बोलचाल नै बन्द भएको बताईएको छ । कतिसम्म भने अध्यक्ष नेपालले फोन गरेर बोलाउँदासम्म यी दुई सांसद पार्टीको बैठकमा उपस्थित् हुन छाडेका छन् । उनीहरुले पनि आफूनिकट नेताहरुसँग माधव नेपाललाई चाँडै देखाईदिने धम्की दिन थालेका छन् ।

माधव नेपालका असन्तुष्ट सांसदहरु कानूनी प्रवन्ध मिल्यो भने तत्कालै पार्टी छाडेर एमालेमा फर्कन राजी छन् । उनीहरुसँग प्रधानमन्त्री ओली र एमाले महासचिव शंकर पोखरेल निरन्तर सम्वादमा रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP