आइतबार , असार १४, २०८३

काठमाडौं, ९ साउन । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ । आज (बुधबार) ११ बजेदेखि करिब साढे २ घण्टासम्म भीमसेनको शिलामा पसिना आएको बताइएको छ । यसअघि गत साउन ५ गते पनि भीमसेनको शिलामा पसिना आएको थियो ।

भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ । मेयर माननन्धरका अनुसार वि.सं.१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ र २०८१ साउन ५ गते शिलाको बाँया भागबाट पसिना आएको थियो । यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको मेयर मानन्धरले बताए ।

‘भीमसेनको शिलामा पसिना आउँदा शुभ हुने संकेत पनि छ, अनिष्ट हुने संकेत पनि मानिन्छ । शिलाको बाँयाबाट पसिना आउँदा अनिष्टको संकेत, दाँयाबाट आउँदा शुभ संकेतको जनविश्वास छ । साउन ५ गते शिलाको बाँयाबाट पसिना आएको थियो । आज शिलाको शिर हुँदै मध्य भागसम्म पसिना आएको छ,’– मेयर मानन्धरले संक्षिप्त कुराकानीमा भने ।

भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छोडिएको छ । गणतन्त्रपछि भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP