मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको जिकिर गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै संविधानको रक्षा सदैव आफ्नो प्राथमिकतामा रहेको बताए ।

फरक प्रसंगमा प्रधानमन्त्री अ‍ोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संविधानको चिन्ता नलिनपनि आग्रह गरे । ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दै । हामीले लिन्छौं । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस्’ उनले भने ।

यसअघि सदनमा आफ्ना कुरा राख्नेक्रममा एसका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरामा रहेको बताएका थिए । त्यसैको जवाफ ओलीले सदनबाटै दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्याएका छन् । ‘भ्रष्टाचार म गर्दिन अरूलाई पनि गर्न दिन्न’, प्रधानमन्त्रीले भने,‘म फेरि भन्छु भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP