आइतबार , असार १, २०८२

नेकपा (माओवादी केन्द्र) सहित तीन दलको बैठकले संविधानको कमजोर जगमा उभिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइएको निश्कर्ष निकालेको छ । आज (शुक्रबार) माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका विपक्षी दलका नेताहरु छलफलमा जुटेका थिए ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान मिचेर सरकार गठन भएकोबारेमा तीन दलको एकमत रहेको सुनाए । उनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा जोड दिए । धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको उनको भनाइ छ ।

उपमहासचिव पुनले संविधान मिचिएको दाबी गर्दै सो कुरा सदनमा सशक्त रूपमा उठाउने बताए । उनले जनताको अपेक्षाभन्दा बाहिर गएर सरकार निरङ्कुश हुनसक्ने पनि चिन्ता व्यक्त गरे । सरकार सुशासनलगायतको सुधारको कामबाट पछि हट्नसक्ने भन्दै उनले आफूहरु प्रतिपक्षमा रहेर खबरदारी गर्ने बताए

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 124 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP