आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र) सहित तीन दलको बैठकले संविधानको कमजोर जगमा उभिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइएको निश्कर्ष निकालेको छ । आज (शुक्रबार) माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका विपक्षी दलका नेताहरु छलफलमा जुटेका थिए ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान मिचेर सरकार गठन भएकोबारेमा तीन दलको एकमत रहेको सुनाए । उनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा जोड दिए । धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको उनको भनाइ छ ।

उपमहासचिव पुनले संविधान मिचिएको दाबी गर्दै सो कुरा सदनमा सशक्त रूपमा उठाउने बताए । उनले जनताको अपेक्षाभन्दा बाहिर गएर सरकार निरङ्कुश हुनसक्ने पनि चिन्ता व्यक्त गरे । सरकार सुशासनलगायतको सुधारको कामबाट पछि हट्नसक्ने भन्दै उनले आफूहरु प्रतिपक्षमा रहेर खबरदारी गर्ने बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP