आइतबार , असार १, २०८२

सहकारी बचत रकम हिनामिनाको छानविनका लागि बनेको संसदीय विशेष समितिले सूर्य दर्शन सहकारीबाट गोर्खा मिडियामा साढे पाँच करोडभन्दा बढी रकम गएको प्रमाण प्राप्त गरेको छ । आज (शुक्रबार) बसेको बैठकमा उक्त प्रमाण प्राप्त भएको समितिका सभापति सूर्यबहादुर थापाले बताए ।

‘गोर्खा मिडियामा गएको रकम चार करोड ८८ लाख ९ हजार दुई सय ७१ रुपैयाँ छ । अर्को चाहीँ २० लाख र ५० लाखमध्ये गोर्खा मिडियामा सिधै २० लाख र जीबी गुरुङ अफ कम्पनीमा गएको ५० लाख गरेर झण्डै साढे पाँच करोड सूर्यदर्शन सहकारीबाट गएको देखिन्छ,’– उनले भने ।

आजको बैठकमा बागमती प्रदेशका सहकारी विभागका रजिष्टार राजेन्द्र प्रसाद पोखरेल, कानुन अधिकृत मनोजकुमार गुप्ता, विरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे, सहकारी शाखाका सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भीम राज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्टार अनिल कार्की, काठमाडौं महानगरपालिकाबाट विभागीय प्रमुख बलराम त्रिपाठी र ४० वटा सहकारीको अनुगमनको संलग्न भएका विज्ञ टीका कार्कीलगायतको उपस्थिति रहेको थियो ।

आजको बैठकमा सूर्यदर्शन, सानो पाइला, सुप्रिम, इमेज, सहारा, समानतालगायतका समितिको टिओआरको अनुसूचीमा संलग्न सहकारी संस्थाहरुसँग केन्द्रीत भएर छलफल भएको सभापति थापाले बताए । सूर्यदर्शन सहकारीका सन्दर्भमा पोखरा महानगरपालिकाले गरेको छानविनको बारेमा जानकारी लिइएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 124 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP