मंगलबार , बैसाख २९, २०८३

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकाल सुरु गरेका छन् । अहिले उनी बधाई तथा शुभकामना गर्नमा व्यस्त छन् । प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेकै दिन सिंहदरबारमा पहिलो क्याविनेट बसेको थियो । उक्त बैठकले केही महत्वपूर्ण लिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीको दिनाचार्य प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै व्यतित भैरहेको छ ।

प्रधानमन्त्री ओलीलाई नेपालस्थित् विभिन्न देशका राजदूत र नियोग प्रमुखहरुले पनि भेटवार्ता गरेका छन् । उनीहरुले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका तस्विर सार्वजनिक भएका छन् । प्रधानमन्त्री ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, चिनियाँ राजदूत छन् सङ र अमेरिकी राजदूत डिन आर. थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

तर, रोचक कुरा त के भने विदेशी राजदूतहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयका कोही पनि प्रतिनिधि राखेका छैनन् । जबकी प्रधानमन्त्री या मन्त्रीहरुले विदेशी पाहुना तथा नेपालस्थित् नियोग प्रमुखहरुसँगको भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्ने प्रचलन छ । त्यो प्रचलन प्रधानमन्त्री ओलीले तोडेको चर्चा परराष्ट्र मन्त्रालयमा सुरु भैसकेको छ । मन्त्रालयका कतिपय कर्मचारीहरुले भने प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री डा. आरजु राणालाई नै नपत्याएको हो कि ? भनेरसमेत गाईंगुईं गर्न थालेका छन् ।

आज (बुधबार) विहानमात्रै अमेरिकी राजदूत थम्प्सनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा पुगेर शिष्टाचार भेट गरेका छन् । त्यो भेटबारे सार्वजनिक तस्विरमा पनि परराष्ट्रको प्रतिनिधि राखिएको देखिँदैन् । मन्त्रालयका कर्मचारीहरुले भने यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहालले भने राजदूतहरु र विदेशी पाहुनाहरुसँगको भेटमा परराष्ट्रका प्रतिनिधि अनिवार्य रुपमा समावेश गराउने गरेको दाबी गरेका छन् । दाहालले परराष्ट्रका सहसचिवस्तरका कर्मचारी राख्ने गरेको ती कर्मचारीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP