शुक्रबार , जेठ ३१, २०८२

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकाल सुरु गरेका छन् । अहिले उनी बधाई तथा शुभकामना गर्नमा व्यस्त छन् । प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेकै दिन सिंहदरबारमा पहिलो क्याविनेट बसेको थियो । उक्त बैठकले केही महत्वपूर्ण लिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीको दिनाचार्य प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै व्यतित भैरहेको छ ।

प्रधानमन्त्री ओलीलाई नेपालस्थित् विभिन्न देशका राजदूत र नियोग प्रमुखहरुले पनि भेटवार्ता गरेका छन् । उनीहरुले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका तस्विर सार्वजनिक भएका छन् । प्रधानमन्त्री ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, चिनियाँ राजदूत छन् सङ र अमेरिकी राजदूत डिन आर. थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

तर, रोचक कुरा त के भने विदेशी राजदूतहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयका कोही पनि प्रतिनिधि राखेका छैनन् । जबकी प्रधानमन्त्री या मन्त्रीहरुले विदेशी पाहुना तथा नेपालस्थित् नियोग प्रमुखहरुसँगको भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्ने प्रचलन छ । त्यो प्रचलन प्रधानमन्त्री ओलीले तोडेको चर्चा परराष्ट्र मन्त्रालयमा सुरु भैसकेको छ । मन्त्रालयका कतिपय कर्मचारीहरुले भने प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री डा. आरजु राणालाई नै नपत्याएको हो कि ? भनेरसमेत गाईंगुईं गर्न थालेका छन् ।

आज (बुधबार) विहानमात्रै अमेरिकी राजदूत थम्प्सनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा पुगेर शिष्टाचार भेट गरेका छन् । त्यो भेटबारे सार्वजनिक तस्विरमा पनि परराष्ट्रको प्रतिनिधि राखिएको देखिँदैन् । मन्त्रालयका कर्मचारीहरुले भने यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहालले भने राजदूतहरु र विदेशी पाहुनाहरुसँगको भेटमा परराष्ट्रका प्रतिनिधि अनिवार्य रुपमा समावेश गराउने गरेको दाबी गरेका छन् । दाहालले परराष्ट्रका सहसचिवस्तरका कर्मचारी राख्ने गरेको ती कर्मचारीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 52 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP