मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहका दुई नेतामध्ये एकले कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुपर्ने बताएका छन् ।

नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बसेको बैठकमा नेता कोइरालाले डा. शेखर कोइराला वा महामन्त्री गगन थापा पार्टीबाट सरकारमा सम्मिलित हुनुपर्ने जोड गरेका हुन् । शेखर वा गगन कांग्रेसबाट नेतृत्व गरेर नजाने भए आफूलाई पठाउन केसीले समूहको बैठकमा प्रस्ताव गरेका हुन् ।

सरकारमा कांग्रेसबाट जानेले गठबन्धनमा समन्वय गर्नसक्ने हुुनुपर्ने बताउँदै केसीले समूह बैठकमा भने, ‘शेखर जी जाने भए जानुस्, होइन भने महामन्त्री जानुस् ।’

शेखर र गगन सरकारमा नेतृत्व गरेर नजाने हो आफूलाई पठाउन केसीले आग्रह गरे । दुई शीर्ष तहका नेता नगए समूहबाट नेतृत्व गरेर जाने स्वभाविक व्यक्ति आफू भएको केसीले सुनाएका थिए । ‘तपाईंहरु जानुहुन्न भने शीर्ष तहका आधारमा मेरो दाबी रहन्छ,’ केसीले बैठकमा भनेका थिए ।

महामन्त्री थापाले पार्टीको जिम्मेवारीले गर्दा आफू सरकारमा जान सक्ने अवस्था नभएको नेताहरुलाई जानकारी गराएका थिए ।

‘२०८२ सालमा महाधिवेशन गर्नुपर्ने छ । संगठनमा काम गर्नुपर्ने छ । सरकारमा जाँदा पार्टीको काममा असर छ,’ थापाको भनाइबारे सहभागी नेता भन्छन्, ‘संसद भित्रबाट सरकारलाई सहयोग र उत्तरदायी बनाउने मेरो भूमिका हुन्छ ।’ समूहका नेता शेखरले सरकारमा जाने आफ्नो रुचि नै नभएको बैठकमा जानकारी गराएका थिए ।

नेता शेखर र महामन्त्री थापाले सभापति शेरबहादुर देउवासँग पाँच मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गरेको ब्रिफिङ गरेका थिए । बैठकले न्युनतम चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने निर्णय गरेको छ । सभापति देउवासँग छलफल गरेर संख्या टुंगाउन शीर्ष तहका नेतालाई जिम्मेवारी दिइएको छ ।

सहमहामन्त्री बद्री पाण्डेका अनुसार समूहबाट मन्त्री टुंगाउने जिम्मेवारी नेता, शेखर, उपसभापति धनराज गुरुङ र महामन्त्री थापालाई दिइएको छ ।

एमालेले नेतृत्व गर्ने सरकारमा कांग्रेसले ९ मन्त्रालय प्राप्त गर्ने चर्चा भए पनि शनिबारको कार्यसम्पादन समितिमा मन्त्रालयको संख्या घट्नसक्ने जानकारी गराइएको थियो । साना दलहरु पनि सरकारमा सहभागी हुने भएकाले मन्त्रालय घट्ने जानकारी गराइएको थियो ।

समूहको छलफलमा दुई ठूला दल मिलेर सरकार बनाउँदा परिणाममुखी कार्य गर्न नसके त्यसले ल्याउने निराशाका बारेमा पनि छलफल भएको थियो । नयाँ गति दिनका लागि अवसर र चुनौती उत्तिकै रहेको समूह बैठकमा छलफल भएको थियो ।

छलफलमा समूहका नेता कोइराला, उपसभापति गुरुङ, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP