आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली नयाँ प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभामा राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै नयाँ प्रधानमन्त्री नियुक्तिको बाटो खुलेको थियो । प्रचण्डले विश्वासको मत नपाएर सरकार ढलेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

राष्ट्रपतिले आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेपछि शुक्रबार नै नेपाली कांग्रेस र नेकपा एमालेले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश गरेका थिए । सो दाबी अनुसार ओली आज चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । आज नियुक्त हुने ओलीले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम राष्ट्रपति कार्यालय शीतलनिवासले तय गरेको छ ।

यसैबीच ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन भोलि नै सकेसम्म सबै मन्त्रीहरुलाई शपथ गराउने तयारी भएको छ । एकै पटक सबै मन्त्रीको शपथ गराउनकै लागि ओलीको शपथ भोलिका लागि सारिएको स्रोतले जनाएको छ । सत्ताका मूख्य दुई घटक दल नेपाली कांग्रेसले १० र एमालेले ९ मन्त्री पाउनेगरि सैद्धान्तिक सहमति जुटेको छ । यी दुवै दल केही दिनदेखि लगातार मन्त्री छान्नको लागि कसरत गरिरहेका छन् ।

कांग्रेसबाट हालसम्म प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । तर, उनले संघीय मामिला वा सहरी विकास कुन मन्त्री पाउने भन्ने टुंगो लागेको छैन् । सिंहबाहेक कांग्रेसबाट रमेश लेखक गृह र आरजु राणा देउवा परराष्ट्रमन्त्री हुने करिब टुंगो लागेको छ । त्यस्तै सहमहामन्त्री जीवन परियार, सांसद अजय चौरासिया, किशोरसिंह राठौर, प्रदीप पौडेल, चन्द्र भण्डारी, प्रतिमा गौतम, तेजुलाल चौधरी, कान्तिक सेजुवाललगायतका सांसद मन्त्रीको दौडमा छन् ।

यता सत्ताको नेतृत्व गर्ने दल एमालेबाट पनि हालसम्म उपाध्यक्ष विष्णु पौडेलले सरकारको नेतृत्व गेर्न टुंगो लागेको छ । उनी उपप्रधान तथा अर्थमकन्त्री बन्नेछन् । पौडेलबाहेक, छविलाल विश्वकर्मा, योगेश भट्टराई, विद्या भट्टराई, पृथ्वीसुब्बा गुरुङ, पदम गिरी, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो, सुनिता बराल, दीपा शर्मालगायतका सांसद मन्त्रीको दौडमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP