शनिबार , जेठ ३२, २०८२

नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीमा केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनेवित्तिकै सर्वोच्च अदालतमा मुद्दा पर्ने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीको विरुद्ध एनजीओ, आईएनजीओहरुले मुद्दा तयार गरेर राखेको बताएका ह्ुन् । उनले अहिले वकिलहरुलाई देखाएर एनजीओ, आईएनजीओहरुले सवोच्च अदालतमा मुद्दा लानेगरेको बताएका हुन् ।

‘मुद्दा पर्छ । हामीले मुद्दा हाल्नुपर्दैन । आईएनजीओ, एनजीओ डलर बोकेर बसिराखेका छन् । वकिललाई देखाएर एनजीओ, आईएनजीओहरुले हाल्छन् । सधैं हालिरहेका छन्,’– उनले भने ।

नेता बिडारीले आफू संविधानको मस्यौदारसमेत रहेको स्मरण गराउँदै प्रधानमन्त्रीमा ओलीको नियुक्ति विधायिकी मनशायअनुसार नै रहेको बताए । उनले संविधानको धारा एक पटक प्रयोग भएपछि अर्को पटक प्रयोग हुनसक्दैन भन्न नमिल्ने बताए । सरकार बन्ने सम्भावना रहेसम्म सोही धारा पुनरावृत्ति गराएर सरकार गठनका लागि आह्वान गर्न सकिने उनको तर्क छ । यदि एक पटक एउटा उपधारा प्रयोग गरेर सरकार बनाइसकेपछि फेरि उक्त धारा प्रयोग गर्न सकिँदैन भन्ने हो भने ६÷६ महिनामा निर्वाचन हुने परिस्थिति बन्ने उनको चेतावनी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्बाट विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । राष्ट्रपति पौडेलको आह्वानबमोजिम कांग्रेस–एमाले मिलेर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेश गरिसकेका छन् ।

माओवादी केन्द्रले भने प्रचण्ड ७६ (२) बमोजिम प्रधानमन्त्री बनेको र उनले विश्वासको मत नपाउँदै गर्दा स्वतः उपधारा ३ आकर्षित हुने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 100 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP