आइतबार , भाद्र १४, २०८३

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि आयोग बनाउने निर्णय नभएको बताएका छन् । आज (बुधबार) पार्टी सचिवाल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय हितको संवर्धन र समृद्ध नेपाल, सुखी नेपाली बनाउनको निम्ती जे आवश्यक हुन्छ त्यो कुरा संशोधन गर्ने सहमति भएको बताएका हुन् ।

‘त्यस्तो कुनै आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने केही पनि भएको छैन । मोटामोटी के भएको हो भने राष्ट्रिय हितको संवर्द्धन गर्नका निम्ती र समृद्ध नेपाल, सुखी नेपाली बनाउनको निम्ती जे आवश्यक हुन्छ, त्यो संशोधन गर्ने हो,’– उनले भने ।

अध्यक्ष ओलीले संघीयता भद्धा भइरहेको बदनाम भइरहेको बताए । उनले बदनामी रोकेर त्यसलाई सफल बनाउन संविधानप्रतिको ओठेभक्ति गाएरमात्रै सम्भव नरहेको बताए । माओवादीले संविधानप्रतिको ओठेभक्ति गाएर व्यवहारमा असफल बनाउन खोजेको उनको आरोप छ ।

संविधान गतिशील दस्ताबेज रहेको बताउँदै उनले समयानुकूले संशोधन र परिमार्जन आवश्यक हुने बताए । उनले अहिले संविधानका कुन–कुन विषय संशोधन गर्ने भन्नेबारे निश्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ । उनले सरकारमा कुन–कुन दल सहभागी हुने भन्ने कुरा टुङ्गिन बाँकी रहेको बताउँदै मन्त्रालय भागबण्डा पनि हुन बाँकी रहेको बताए । हैसियतका आधारमा कांग्रेस र एमालेले व्यवहार गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP