शुक्रबार , जेठ ३१, २०८२

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि आयोग बनाउने निर्णय नभएको बताएका छन् । आज (बुधबार) पार्टी सचिवाल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय हितको संवर्धन र समृद्ध नेपाल, सुखी नेपाली बनाउनको निम्ती जे आवश्यक हुन्छ त्यो कुरा संशोधन गर्ने सहमति भएको बताएका हुन् ।

‘त्यस्तो कुनै आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने केही पनि भएको छैन । मोटामोटी के भएको हो भने राष्ट्रिय हितको संवर्द्धन गर्नका निम्ती र समृद्ध नेपाल, सुखी नेपाली बनाउनको निम्ती जे आवश्यक हुन्छ, त्यो संशोधन गर्ने हो,’– उनले भने ।

अध्यक्ष ओलीले संघीयता भद्धा भइरहेको बदनाम भइरहेको बताए । उनले बदनामी रोकेर त्यसलाई सफल बनाउन संविधानप्रतिको ओठेभक्ति गाएरमात्रै सम्भव नरहेको बताए । माओवादीले संविधानप्रतिको ओठेभक्ति गाएर व्यवहारमा असफल बनाउन खोजेको उनको आरोप छ ।

संविधान गतिशील दस्ताबेज रहेको बताउँदै उनले समयानुकूले संशोधन र परिमार्जन आवश्यक हुने बताए । उनले अहिले संविधानका कुन–कुन विषय संशोधन गर्ने भन्नेबारे निश्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ । उनले सरकारमा कुन–कुन दल सहभागी हुने भन्ने कुरा टुङ्गिन बाँकी रहेको बताउँदै मन्त्रालय भागबण्डा पनि हुन बाँकी रहेको बताए । हैसियतका आधारमा कांग्रेस र एमालेले व्यवहार गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 84 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP