मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाली कांग्रेस र नेकपा एमालेले आफूहरुलाई राजनीतिक संस्कार सिकाउन नमिल्ने जिकिर गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले सत्ताका लागि जे पनि गर्ने दलले आफूहरुलाई संस्कार सिकाउन नसुहाउने बताए । उनले भने ‘अमुक व्यापारीको घरमा भएको सम्झौता सार्वजनिक भएको छैन । त्यो सम्झौताको आधारमा बन्ने आगामी दिनका ती सरकारहरु पनि यही तीन दशकको निरन्तरता हो । हामीले हाम्रो राजनीतिक इमानदारिता र संस्कार हाम्रो कार्यकालभरिमा कायम राख्नेछौं ।’

सांसद ढकालले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि सत्ता समीकरण फेरिएको दाबी गरे ।

उनले भने, ‘यो सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणले फाइल खोलेर बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल यो के र किन भनेर नागरिकले प्रश्न गरेका छन् । नागरिकले बुझेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP