मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदसमेत रहेका केसीले प्रचण्ड सत्ताका लागि बालकोट र बुढानीलकण्ठ धाएकै कारण यो हालत भएको बताए । ‘अहिले प्रधानमन्त्रीले खेल बुझ्नुभएन । पुस १० गते तपाईं जहाँ पुग्नुभएको थियो, त्यही दिनदेखि दशा सुरु भएको थियो । तपाईंले बुझ्नुभएन । तपाईं कति पटक बालकोट र बुढानीलकण्ठ पुग्नुभयो । यसरी चल्छ राजनीति ? पछिल्लो पटक तपाईंलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन’ उनले भने ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले प्रचण्ड धेरै उत्ताउलो भएकै कारण लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ भने जस्तो अवस्थामा पुगेको बताए । ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ भने जस्तो तपाईंले बल्ल भोग्नुभयो । तपाईंहरुको मन्त्रिमण्डल गठन गर्दा नै ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन लिएन, म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ । दालमा काला हे, बुढानीलकण्ठले आफ्नो पार्टीभित्र केही विवाद भएका कारणलाई आधार बनाएर फुत्त बालकोट पुग्नुभयो, त्यसको परिणाम भोग्नुभएको छ । अब तपाईंले केही गरे पनि हुनेवाला केही छैन’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP