आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री दाहाल भेट्न शेखर कोइराला बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री दाहालले कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेपछि यही असार २८ गते शुक्रबार विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी एमाले सरकारबाट बाहिरिएको छ । उसले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छ । उता, अशोक राई नेतृत्वको जसपापनि सरकारबाट बाहिरिएको छ ।

प्रधानमन्त्री दाहाल अल्मतमा परेपछि उनले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिन असफल भए नयाँ सरकार गठन संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्ने दाहालको चाहना छ ।

यस्तोमा ठूलो दलको नाताले सरकारको नेतृत्व स्वतः नेपाली कांग्रेसले गर्ने उनको बुझाई छ। एमालेले भने प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने अडान लिएको थियो ।

यही सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोइरालालाई पछिल्लो समय दलको नेता बन्नको लागि उनका समूहका नेताहरुको दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP