शनिबार , जेठ ३२, २०८२

नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्ने परिदृष्य देखापरेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘शेरबहादुरजी प्रधानमन्त्री पटक–पटक हुनुभयो । म सात पटक प्रधानमन्त्री हुन्छु भन्नुभएको छ । छ पटक हुने त अगाडि परिदृष्य देखिइसक्यो,’– उनले भने ।

साथै, नेता रावलले ९४ करोड सहकारीको रकम ठगीको आरोप लागेको रवि लामिछानेलाई देशको गृहमन्त्री बनाइएको भन्दै उनले आपत्ति जनाए । उनले यसको जवाफ राजनेता भनिएकाहरुले दिनुपर्ने बताए । गृहमन्त्री रवि लामिछानेको नाममा कतै उजुरी परेको फेला परेन भनेर महान्यायाधिवक्ताको कार्यालयले चिठी लेखेको उनले बताए । दुईवटा नागरिकता, दुईवटा राहदानी र ठगी आरोप रहेका लामिछानेलाई गृहमन्त्री बनाउने नेताहरु उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

नेपालको संविधानमा सहकारीलाई अर्थतन्त्रको तीन खम्बामा समावेश गरिएको स्मरण गराउँदै उनले एउटा खम्बालाई मक्काउने काम नेपालको ठूला नेताहरुले गरेको उनको आरोप छ । नेपाली राजनीतिको विकृति र चरम सत्ता स्वार्थसँग सहकारीको विकृति जोडिएको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 100 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP