आइतबार , असार १४, २०८३

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा न्यायाधीशद्वय बीच राय बाझिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सपना प्रधान मल्लको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त रिटमा न्यायाधीशद्वयबीच राय बाझिएको हो ।

गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । सो मुद्दामा अधिवक्ता भट्टराई र सहकारीपीडितका तर्फबाट मंगलबार जवाफी वहस भएको थियो। आज केही अधिवक्ताले जवाफी बहस गरेका थिए ।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानविन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको थियो ।

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको उक्त रिट निवेदन अब न्यायाधीशद्वय सुवेदी र मल्लबाहेक अन्य तीन न्यायाधीशको इजलासमा पेश हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP