शनिबार , जेठ ३२, २०८२

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई बर्खास्त गर्नेगरि तयारी गरेका छन् ।

दाहालले यस विषयको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई दिइसकेका छन् । प्रधानमन्त्री दाहालले एमाले–कांग्रेसबीच नयाँ सरकार गठनबारे सहमति भएपनि तत्काल राजीनामा नदिने निर्णय लिएका छन् । उनले सदनमा विश्वासको मत लिने निर्णय गराएका छन् । यसले पनि एमाले नेतृत्व अहिले दबाबमा परेको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्नको लागि अफर गरेका छन् । देउवाले आफूले ओलीसँग सहमति गरिसकेकाले अहिले सहकार्य नहुने भन्दै सरी भनेको कुरा पनि बाहिरिएको छ । तर, राष्ट्रपति निवास शितलनिवासको भेटवार्तापछि प्रधानमन्त्री दाहाल कांग्रेससँग नै सहकर्या गर्नसकिने विश्वाससहित एक्सनमा उत्रिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल भएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस–एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 118 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP