आइतबार , भाद्र १४, २०८३

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई बर्खास्त गर्नेगरि तयारी गरेका छन् ।

दाहालले यस विषयको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई दिइसकेका छन् । प्रधानमन्त्री दाहालले एमाले–कांग्रेसबीच नयाँ सरकार गठनबारे सहमति भएपनि तत्काल राजीनामा नदिने निर्णय लिएका छन् । उनले सदनमा विश्वासको मत लिने निर्णय गराएका छन् । यसले पनि एमाले नेतृत्व अहिले दबाबमा परेको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्नको लागि अफर गरेका छन् । देउवाले आफूले ओलीसँग सहमति गरिसकेकाले अहिले सहकार्य नहुने भन्दै सरी भनेको कुरा पनि बाहिरिएको छ । तर, राष्ट्रपति निवास शितलनिवासको भेटवार्तापछि प्रधानमन्त्री दाहाल कांग्रेससँग नै सहकर्या गर्नसकिने विश्वाससहित एक्सनमा उत्रिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल भएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस–एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP