आइतबार , भाद्र १४, २०८३

नेकपा (एमाले) ले कांग्रेससहित बन्ने अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अबको सरकारमा माओवादी केन्द्रलाई पनि सहभागी हुन प्रस्ताव गर्ने भएको छ ।

कांग्रेससँग मिलेर नयाँ सरकार बनाउनेगरि हिजो (सोमबार) राति अबेर दुई दलबीच सहमति भएको भोलिपल्ट आज (मंगलबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाएको छ । प्रधानमन्त्री दाहालले भने संसद्मा विश्वासको मत लिने र राजीनामा नदिने निर्णय लिएका छन् ।

प्रधानमन्त्री दाहाल अझैपनि कांग्रेससँग सहकार्य गर्नसकिने निश्कर्षमा छन् । उनले देउवासामू लोभलाग्दो प्रस्ताव गरेको निकटस्थहरुको दाबी छ । तर, देउवाले एमालेसँग सहमति निकै अघि बढेकोले अब ब्याक नहुने जवाफ दिएको पनि भनिएको छ ।

रास्वपाले पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म सरकारबाट बाहिरिने निर्णय नलिने निर्णय लिएको छ । राजनीतिक मामिलामा चासो राख्नेहरुले भोलिसम्म एउटा पिक्चर क्लियर हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP