आइतबार , असार १, २०८२

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पार्टीको १०औं महाधिवेशनको चटारोकाबीच नेपालले देउवासँग बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । देउवालाई भेट्न बुढानिलकण्ठमा जानुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटेका थिए ।

हिजो (सोमबार) कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेबारे समझदारी भएको छ । यद्धपी दुवै दलले नयाँ सहमति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहाल, माधव नेपाल र देउवा वैकल्पिक गठबन्धनको लागि समेत छलफलमा रहेको चर्चा चलिरहेको बेलामा नेपालले दाहाल र देउवा दुवै नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । देउवासँगको भेटवार्ता सकारात्मक रहेको माधव नेपालले आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेका छन् ।

एमालेले पनि कांग्रेससँग सरकारमा सहकार्यको लागि सहमति गरिसकेको अवस्थामा पनि आफ्ना मन्त्रीहरु फिर्ता बोलाउन सकेको छैन् । सचिवालयको बैठकमार्फत एमालेले प्रधानमन्त्री दाहाललाई २४ घण्टाभित्र मार्गप्रशस्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री दाहालले ओलीसँग आफू संवैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने र राजीनामा नदिने अडान सुनाइसकेका छन् । यस्तोमा प्रधानमन्त्री दाहालले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 124 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP