आइतबार , भाद्र १४, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पार्टीको १०औं महाधिवेशनको चटारोकाबीच नेपालले देउवासँग बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । देउवालाई भेट्न बुढानिलकण्ठमा जानुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटेका थिए ।

हिजो (सोमबार) कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेबारे समझदारी भएको छ । यद्धपी दुवै दलले नयाँ सहमति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहाल, माधव नेपाल र देउवा वैकल्पिक गठबन्धनको लागि समेत छलफलमा रहेको चर्चा चलिरहेको बेलामा नेपालले दाहाल र देउवा दुवै नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । देउवासँगको भेटवार्ता सकारात्मक रहेको माधव नेपालले आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेका छन् ।

एमालेले पनि कांग्रेससँग सरकारमा सहकार्यको लागि सहमति गरिसकेको अवस्थामा पनि आफ्ना मन्त्रीहरु फिर्ता बोलाउन सकेको छैन् । सचिवालयको बैठकमार्फत एमालेले प्रधानमन्त्री दाहाललाई २४ घण्टाभित्र मार्गप्रशस्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री दाहालले ओलीसँग आफू संवैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने र राजीनामा नदिने अडान सुनाइसकेका छन् । यस्तोमा प्रधानमन्त्री दाहालले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP