आइतबार , असार १४, २०८३

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण सबै विद्यार्थीहरुले मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । यसअघि दुई विषयसम्म एनजी अर्थात (अनुत्तीर्ण) भएका विद्यार्थीले मात्रै मौका परीक्षामा सहभागी हुने अवसर पाउँदै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षामा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।

२०८० सालमा सञ्चालित एसईई परीक्षाको नतिजा हिजो सार्वजनिक गरिएको थियो । एसईईमा परीक्षामा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण छन् । धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गरिएको बताइएको छ ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन भनेको छ । मन्त्रालयले निर्णयानुसार सम्बन्धित मन्त्रालयलाई पत्राचारसमेत गरिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP