माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण सबै विद्यार्थीहरुले मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । यसअघि दुई विषयसम्म एनजी अर्थात (अनुत्तीर्ण) भएका विद्यार्थीले मात्रै मौका परीक्षामा सहभागी हुने अवसर पाउँदै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षामा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।

२०८० सालमा सञ्चालित एसईई परीक्षाको नतिजा हिजो सार्वजनिक गरिएको थियो । एसईईमा परीक्षामा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण छन् । धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गरिएको बताइएको छ ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन भनेको छ । मन्त्रालयले निर्णयानुसार सम्बन्धित मन्त्रालयलाई पत्राचारसमेत गरिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु

आजको राशिफल : वि.सं. २०८१ आषाढ ०७ गते शुक्रवार || श्रीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आषाढ १५ गते शनिवार : शनिको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आषाढ ०९ गते आइतवार : श्रीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP