शनिबार , जेठ ३२, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदनलाई लिएर स्पष्टीकरण सोधिएको हो ।

महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

ढकालले आफ्नो प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने चेतावनी दिएका थिए । उनले तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने बताएका थिए ।

आयोगले महामन्त्री ढकाललाई अनुशासन भङ्ग गरेको भन्दै स्पष्टीकरण सोधेको बताइएको छ । आज (शुक्रबार) महामन्त्री ढकाललाई स्पष्टीकरण पत्र थमाइएको रास्वपा स्रोतले बताएको छ ।

यद्यपि महामन्त्री ढकालले भने आफूलाई अहिलेसम्म कसैले स्पष्टीकरण नसोधेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 116 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP