नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक पक्राउ परेका छन् ।

प्रतीक नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको बताइएको छ ।

उनीविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर गरेको आरोप छ । सबै कसुर जोड्दा उनलाई २४ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा प्रतीकको पनि संलग्नता खुलेको अभियोग पत्रमा उल्लेख छ । प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुसँगको भेटघाटको जक्सन काठमाडौंको नक्सालस्थित निलगिरी होटललाई बनाएको अभियोग पत्रमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका उच्च पदस्थ अधिकारीहरु पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा पक्राउ परेका खाण अहिले धरौटीमा रिहा भएका छन् भने रायमाझी कारागार चलान भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु

आजको राशिफल : वि.सं. २०८१ आषाढ ०७ गते शुक्रवार || श्रीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आषाढ १५ गते शनिवार : शनिको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आषाढ ०९ गते आइतवार : श्रीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP