आइतबार , असार १४, २०८३

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक पक्राउ परेका छन् ।

प्रतीक नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको बताइएको छ ।

उनीविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर गरेको आरोप छ । सबै कसुर जोड्दा उनलाई २४ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा प्रतीकको पनि संलग्नता खुलेको अभियोग पत्रमा उल्लेख छ । प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुसँगको भेटघाटको जक्सन काठमाडौंको नक्सालस्थित निलगिरी होटललाई बनाएको अभियोग पत्रमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका उच्च पदस्थ अधिकारीहरु पक्राउ परिसकेका छन् । उक्त प्रकरणमा पक्राउ परेका खाण अहिले धरौटीमा रिहा भएका छन् भने रायमाझी कारागार चलान भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP