नेकपा एकीकृत समाजवादीले आगामी महाधिवेशनबाट पदाधिकारीको संख्या १९ बाट २० पुर्याउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यको संख्या बढाउने र एक जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने निर्णय गरेको छ । विधानमा १५१ केन्द्रीय कमिटी रहने व्यवस्था छ । त्यसलाई बढाएर २९९ सदस्यीय बनाउने निर्णय पनि भएको छ ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव नेपाल र घनश्याम भुसालले दाबी गरेका छन् । अध्यक्षमा दोहोरिने इच्छा राखेका नेपालले वरिष्ठ उपाध्यक्ष पदन खडा गरेर भुसाललाई मनाउने कोशीस गरिएको छ ।

यता बुधबारमात्र अध्यक्षको दाबी छाडेका भनिएका सम्मानीत नेता झलनाथ खनालले आफ्नो दाबी कायमै रहेको बताएका छन् । बिहीबार पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा दाबी नछाडेको बताएका हुन् । उनले भने, “ बेकारको कुरा हो । दाबी छाडेको छैन ।” उनले सहमतिका साथ जाने कुरा गरेको बताए ।

अध्यक्षबाट ब्याक भएर घनश्याम भुसाललाई सघाउने हिजोको भेटमा सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘होइन। मेरो दाबी जारी छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु

वाङ्गी फल्सको झरनामा रमाउँदा

एमाले, माओवादी र रास्वपाबाहेकको गठबन्धन बनाउने देउवाको चाहना, माधव नेपाल प्रधानमन्त्री !


TOP