शनिबार , जेठ ३२, २०८२

प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुङ्ग्याउने समझदारी जुटेको छ । आज (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा प्रमुख दलहरुलाई टीआरसी विधेयकमा सहमति खोज्न बैठक बोलाएका थिए ।

कानुन मन्त्री पदम गिरीले टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्न प्रमुख दलहरुबीच समझदारी जुटेको बताए । आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका नेताहरु सहभागी थिए ।

बैठकपति संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री गिरीले भने, ‘सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्छ । त्यसका लागि सबै जिम्मेवार पनि हुनुपर्छ । जुनजुन बुँदा सहमति जुट्न सकेका छैनन् ती विषयमा सहमतिमा पुग्ने विषयमा एकमत भयो ।’

मन्त्री गिरीले संसदीय समितिमा छलफलका क्रममा मुख्यतः ४ वटा बुँदामा सहमति जुट्न नसकिरहेको बताए । उनले आजको छलफलले ती बुँदाहरुमा निकट भविष्यमै सहमति जुटेर निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।

टीआरसी विधेयकमा अहिले गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 116 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP