संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको गृहजिल्ला नुवाकोटमा सहिद पार्कका नाममा पर्यटन मन्त्रालयको करोडौं बजेट छुट्याइएको पाइएको छ ।

मन्त्रालयको वार्षिक विकास कार्यक्रम २०८१/८२ अनुसार पर्यटन मन्त्री तामाङले आफ्नो गृहजिल्ला नुवाकोटमा सहिद पार्कका नाममा करोडौं रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

नुवाकोटको चिसापानी सूर्यगढी ५ स्थित सहिद स्मृति पार्कलाई १ करोड, शिवालय तारकेश्वरस्थित सहिद स्मृति पार्कलाई १ करोड, शिवपुरी नुवाकोटस्थित सुइरेचौर सहिद पर्यटन पार्कका नाममा १ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यसैगरी नुवाकोटकै बागमारा सहिद पार्क तादीलाई १ करोड २० लाख, पोष्टबहादुर स्मृति प्रतिष्ठान भवन नुवाकोटलाई १ करोड, दुप्चेश्वर मन्दिर पूर्वाधार विकास तथा गणेश पण्डित स्मृति पार्कलाई १ करोड बजेट विनियोजन गरिएको छ ।

साथै कुमारी शहिद पार्क नुवाकोटलाई १ करोड ५० लाख, चम्टिश्वर क्षेत्र पर्यटन पूर्वाधार बेलकोटगढीलाई २ करोड र नुवाकोटको ककनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा पूर्वाधार निर्माणलाई समेत पर्यटन मन्त्रालयको ५ करोड बजेट छुट्याइएको छ ।

अन्य अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र शहरी विकास मन्त्रालयबाट निर्माण भइरहँदा ककनीमा भने पर्यटनले बजेट छुट्याएको हो । यी शहिद स्मृति पार्कहरूमा पर्यटन विभागमार्फत बजेट छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

आजको राशिफल : २०८१ श्रावण १६ गते बुधवार : शिवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अस्ट्रेलियाको डार्विन मा तिज मेला २०२४ हुदै, दर्शक नचाउने जिम्मा खुमनलाइ

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP