आइतबार , भाद्र १४, २०८३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको गृहजिल्ला नुवाकोटमा सहिद पार्कका नाममा पर्यटन मन्त्रालयको करोडौं बजेट छुट्याइएको पाइएको छ ।

मन्त्रालयको वार्षिक विकास कार्यक्रम २०८१/८२ अनुसार पर्यटन मन्त्री तामाङले आफ्नो गृहजिल्ला नुवाकोटमा सहिद पार्कका नाममा करोडौं रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

नुवाकोटको चिसापानी सूर्यगढी ५ स्थित सहिद स्मृति पार्कलाई १ करोड, शिवालय तारकेश्वरस्थित सहिद स्मृति पार्कलाई १ करोड, शिवपुरी नुवाकोटस्थित सुइरेचौर सहिद पर्यटन पार्कका नाममा १ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यसैगरी नुवाकोटकै बागमारा सहिद पार्क तादीलाई १ करोड २० लाख, पोष्टबहादुर स्मृति प्रतिष्ठान भवन नुवाकोटलाई १ करोड, दुप्चेश्वर मन्दिर पूर्वाधार विकास तथा गणेश पण्डित स्मृति पार्कलाई १ करोड बजेट विनियोजन गरिएको छ ।

साथै कुमारी शहिद पार्क नुवाकोटलाई १ करोड ५० लाख, चम्टिश्वर क्षेत्र पर्यटन पूर्वाधार बेलकोटगढीलाई २ करोड र नुवाकोटको ककनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा पूर्वाधार निर्माणलाई समेत पर्यटन मन्त्रालयको ५ करोड बजेट छुट्याइएको छ ।

अन्य अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र शहरी विकास मन्त्रालयबाट निर्माण भइरहँदा ककनीमा भने पर्यटनले बजेट छुट्याएको हो । यी शहिद स्मृति पार्कहरूमा पर्यटन विभागमार्फत बजेट छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP