नेकपा एमालेको कोटाबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहति ८ देशमा राजदूत सिफारिस गरेको थियो । तर, उनले आफूसँग कुनैपनि सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्याकुरेलले आजै प्रधानमन्त्रीको कार्यालयमा पत्र पठाउँदै राजदूत पद अस्वीकार गरेको जानकारी गराएका छन् । उनी यसअघि तत्काली राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार थिए । तत्कालीन नेकपाको सरकारले अग्नि सापकोटालाई सभामुख बनाएपछि असन्तुष्टि जनाउँदै उनले राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका छन् ।

उनले सचिवालयमा पत्र बुझाउँदै भनेका छन्, ‘मलाई राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद, तर मेरो रुचि र सहमति नभएकोले असमर्थ छु।’

उनले आफ्नो परिवारसँग सल्लाह नभएको, पूर्व सहमति नभएको लगायतका कारण देखाउँदै पद अस्वीकार गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु

वाङ्गी फल्सको झरनामा रमाउँदा

एमाले, माओवादी र रास्वपाबाहेकको गठबन्धन बनाउने देउवाको चाहना, माधव नेपाल प्रधानमन्त्री !


TOP