नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सत्तारुढ दलभित्र रहेको अन्तरविरोधकै कारण ढल्ने बताएका छन् । नेपाल मुस्लिम संघ, मोरङले विराटनगरमा आयोजना गरेको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफैं ढल्ने सरकारलाई ढाल्नतिर कांग्रस लाग्न नहुने बताएका हुन् ।

‘कांग्रेस सरकार गिराउने पक्षमा छैन भन्ने कुरा तपाईँहरु स्पष्ट हुनुस् । हामीले गिराउनुपर्दैन, त्यो पाकेको फल आफैं गिर्छ नि । हामीले किन गिराउने ? आफैं गिर्छ सक्किगो नि,’– उनले भने ।

उनले अहिले राजनीतिमा अपराधीकरण भइरहेको बताए । राजनीतिज्ञ, व्यापारी र व्यूरोक्रेट्सहरु अहिले एक ठाउँमा उभिएको उनको टिप्पणी छ । राजनीतिज्ञ, व्यापारी र व्यूरोक्रेट्सहरु एक ठाउँमा उभिँदा ऐन, नियम, कानुनहरुले काम नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु

वाङ्गी फल्सको झरनामा रमाउँदा

एमाले, माओवादी र रास्वपाबाहेकको गठबन्धन बनाउने देउवाको चाहना, माधव नेपाल प्रधानमन्त्री !


TOP