आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सत्तारुढ दलभित्र रहेको अन्तरविरोधकै कारण ढल्ने बताएका छन् । नेपाल मुस्लिम संघ, मोरङले विराटनगरमा आयोजना गरेको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफैं ढल्ने सरकारलाई ढाल्नतिर कांग्रस लाग्न नहुने बताएका हुन् ।

‘कांग्रेस सरकार गिराउने पक्षमा छैन भन्ने कुरा तपाईँहरु स्पष्ट हुनुस् । हामीले गिराउनुपर्दैन, त्यो पाकेको फल आफैं गिर्छ नि । हामीले किन गिराउने ? आफैं गिर्छ सक्किगो नि,’– उनले भने ।

उनले अहिले राजनीतिमा अपराधीकरण भइरहेको बताए । राजनीतिज्ञ, व्यापारी र व्यूरोक्रेट्सहरु अहिले एक ठाउँमा उभिएको उनको टिप्पणी छ । राजनीतिज्ञ, व्यापारी र व्यूरोक्रेट्सहरु एक ठाउँमा उभिँदा ऐन, नियम, कानुनहरुले काम नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP