आइतबार , भाद्र १४, २०८३

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफूले गृहमन्त्रालयको नेतृत्व गर्दा पञ्चायत कालदेखिको फाइल खोजेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू गृहमन्त्री हुँदा खर्बौंको जग्गा राज्यको नाममा ल्याएको बताए ।

‘अहिले सुशासनको आवश्यत्ता छ । यो भन्दा अगाडि म गृह मन्त्रालयमा थिएँ, तपाईँहरुलाई थाहा छँदै थियो । गृहमन्त्री हुँदाखेरी पञ्चायत कालदेखि सबैलाई निकालेर, कहाँ कहाँ गलत भएको छ ? अलिकति पैसा छ, वा राज्य आफैंसँग छ, पैसाको बलमा राज्यसँग आफ्नो पहु्ँच छ भने जे गरेपनि हुन्छ भन्ने मान्यतालाई भत्काउनुपर्छ भनेर उठाएर ल्याएर खर्बौंको जग्गा सरकारको बनाइयो ।’ उनले भने, ‘ती मान्छेहरु जेल हालियो । भुटानी शरणार्थी प्रकरणमा जेल हालियो । साह्रा अरु कामहरु के–के गरियो ? तपाईँहरुलाई थाहा छ । सुशासन स्थापित नगरिकन विकास अगाडि बढ्दैन । त्यसको निम्ति हामी तयार हुनुपर्छ ।’

साथै, वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले सत्तामा नहुँदा ठूला–ठूला कुरा गर्नेहरुले अहिले केही गर्न नसकेको बताए । उनले भने, ‘सुशासन त स्थापित गर्ने तर, आफ्ना मान्छे आउने देखियो भने केस उठाउँकी नउठाउँ भन्न थाल्यो भने देश बन्छ ? हुँदैन नि । अरु बेलामा ठूल्ठूलो कुरा गर्ने, ठूल्ठूलो, राम्रो–राम्रो कुराकानी गर्ने, आफ्नै पालो आएपछि कसरी मिलाउने ? कसरी बन्छ त्यसरी देश ?’

उपप्रधान एवं गृहमन्त्री लामिछानेतर्फ लक्षित गर्दै उनले क्षमतावान नै भएपनि लिडरसीपको पहिलो क्वालीटी निष्ठा नै हुनुपर्ने बताए । उनले निष्ठाविना राजनीतिक वा व्यवसायिक कुनै पनि नेतृत्व सफल हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP