शनिबार , जेठ ३२, २०८२

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा दुई घण्टा चलेको छलफल राजदूत भागबण्डा टुंग्याउने विषयमा केन्द्रित भयो ।

२४ जेठमा मन्त्रिपरिषद बैठकले ११ जना राजदूतलाई फिर्ता बोलाएको थियो । बिहीबार साँझ ६ बजेदेखि ८ बजेसम्म चलेको छलफल अनुसार एमालेले आठ देशको राजदूत पाउने समझदारी शीर्ष तीन नेताबीच भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेता निकट स्रोतले बताएको छ ।

राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको सचिवालयले अनलाइनखबरलाई दिएको जानकारी अनुसार शुक्रबार मन्त्रिपरिषद् बैठक अगावै केही राजदूत नियुक्त हुन सक्नेछन् । ‘कुन देशमा को राजदूत बन्ने भन्ने नाममा प्रवेश गरिएको छैन, तर संख्या आजबाट टुंगियो’, सचिवालयले बतायो ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाँदैछन्, जसअघि राजदूतको नाममा मोटामोटी सहमति निकाल्न खोजिएको स्रोतले बतायो ।

रास्वपाले महत्वपूर्ण मानिएका देश भारत, अमेरिकाका राजदूतमध्ये एक आफूलाई दिन माग गरे पनि प्रचण्ड र ओली तयार नभएको बुझिएको छ ।

बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको बालुवाटार स्रोतले बतायो । ‘बीचमा केही तिक्त अभिव्यक्तिहरु बाहिर आए, असहयोग पो हुन थाल्यो कि भन्ने पनि भयो,’ बालुवाटार स्रोतले भन्यो, ‘तर हाम्रोमा असामान्य विषय केही छैन, समझदारीमै छौं भन्ने सन्देश बैठकबाट गएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 116 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP