आइतबार , भाद्र १४, २०८३

सत्ता गठबन्धनमा विभिन्न देशमा रिक्त रहेका राजदूतहरु नियुक्त गर्ने प्रक्रिया थालिएको छ । खासगरी सत्ता गठबन्धनका मुख्य घटक एमाले, माओवादी केन्द्र र रास्वपाका नेतृत्वबीच राजदूत भागबण्डाको विषयमा गम्भीर छलफल भएको हो ।

हिजो (बिहीबार) सिंहदरबारमा बसेको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भएको भेटवार्तामा यो विषयमा छलफल भएको हो । सरकारले हालै भारत, अमेरिकालगायत विभिन्न ११ देशबाट राजदूत फिर्ता बोलाएको छ ।

ती देशमा अब भागबण्डाको आधारमा राजदूत नियुक्ति हुन्छ । खासगरी, भारत र अमेरिकामा को राजदूत भएर जान्छ ? भन्ने विषय अहिले चासोका साथ हेरिएको छ । कतिपयले भने राजदूतजस्तो गरिमामय पदको लागि भागबण्डा गर्नु देशको लागि पनि लज्जाबोध हुने टिप्पणी गर्न थालिसकेका छन् । यसैबीच रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको भागमा अमेरिका वा भारतको राजदूत पठाउन माग गरेका छन् ।

लामिछानेको आग्रहलाई प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले ठाडै अस्विकार गरेको विश्वस्त स्रोतको दाबी छ । अमेरिका र भारत एमाले र माओवादीले लिने समझदारी गरेका छन् । लामिछानेले ११ वटा राजदूत नियुक्त गर्दा कम्तिमा आफ्नो पार्टीको भागमा चार राजदूत पाउनुपर्ने अडान राखेका थिए ।

तर, प्रधानमन्त्री दाहालले पनि त्यसमा पनि असहमति जनाएका थिए । ओलीले त भारत र अमेरिकाबाहेक पनि राम्रो देशको राजदूत रास्वपालाई नदिनेगरि कडा बोलीको बुझिएको छ । आज शुक्रबार मन्त्रिपरिषद् बैठक बस्दैछ । यो नियमित बैठक भएपनि यसले केही देशमा राजदूत नियुक्त गर्ने बुझिएको छ । त्यो विषयमा पनि हिजो साँझ अबेरसम्म बसेको तीन दलका नेताहरुको बैठकमा सहमति बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP