मंगलबार , बैसाख २९, २०८३

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालय मातहतका कार्यालय र कर्मचारीले काम नगरिदिए अथवा अनियमितता गरेको थाहा पाए सेवाग्राहीले सोझै मन्त्रालयमा गुनासो पठाउन सक्ने बताएका छन् । आज (शुक्रबार) कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले भोलिदेखि मन्त्रालय मातहतका कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् लेखिएको क्यूआर कोड राखिने बताए । सो क्यूआर कोड स्क्यान गरेर आफूलाई परेको समस्या पठाउन सकिने उनले जानकारी गराए । स्क्यानपछि आफूसँग भएका डकुमेन्ट, फोटो, भिडिओ र अन्य प्रमाणहरु गृह मन्त्रालयमै पठाउन सकिने उनले बताए ।

‘हाम्रा विभिन्न निकायहरु छन् । इमिग्रेसन छन्, जिल्ला प्रशासन कार्यालयहरु छन्, प्रहरी कार्यालयहरु छन्, चौकीहरु, जहाँ गृह मन्त्रालयअन्तर्गतका निकायहरु छन् । ती निकायहरु निर्देशनअनुसार र कानुनबमोजिम काम गरिरहेका छन् । गर्छन पनि । तर, कहीँ कतै नागरिकलाई लाग्यो, भन्छन् नि कहिलेकाहीँ मेरो उजुरी लिएन, प्रहरीले मेरो कुरा सुनेन, सीडीओले मेरो कुरा सुनेन । कहीँ गएपनि भएन । भन्ने कुरा कहाँ सुनाउने त अब ? आम नागरिकले त एउटा बर्दी लगाएको प्रहरीलाई देख्छ । बर्दी लगाएको प्रहरीलाई गएर आफ्नो कुरा भन्छ । उसले सुनेन भने के गर्नुे ? जिल्ला प्रशासन कार्यालयमा फाइल लिएर जान्छ, धाएको वर्षौ भइसक्यो । सुन्दैसुँदैनन् भन्ने गुनासोहरु छ । अब त्यस्तो कुरा सोझै गृहमन्त्रीलाई भन्न पाइन्छ । गृहमन्त्रीलाई भन्नुहोस् । यहाँ हाम्रो ठूलो युनिट बसेको हुन्छ । जसले पूरै त्यसलाई आएको गुनासो हेर्छौं,’– उनले भने ।

साथै, अब सिंहदरबार छिर्न कसैलाई चिनेको वा आफ्ुना मान्छे भएका हुनुनपर्ने पनि उनले बताए । काम भएका जो कोहीलाई पनि अबका दिनमा सिंहदरबार खुल्ला रहेको उनले बताए । यसरी काम भएका सबै सिंहदरबार छिन पाउँदै गर्दा सु्रक्षा जाँचमा भने एकदमै कडाइ गरिने उनको भनाइ छ । उनले काम भएर सिंहदरबार छिर्नेसँग सरकारले जारी गरेको कुनै परिचय पत्र हुनुपर्ने बताए ।

‘सिंहदरबारको प्रवेश पहुँचवालाहरुको प्रवेश थियो । चिनेको मान्छेले, आफ्नो मान्छे भएको मान्छेले मात्रै प्रवेश गर्न पाउने थियो । अब सिंहदरबार छिर्नका लागि काम हुनुपर्छ र सरकारले जारी गरेको एउटा आइडी, नागरिकता अथवा केही हुनुपर्छ । त्यत्ति भयो भने सिंहदरबारमा, सुरक्षा जाँच त अब संवेदनशील ठाउँ हो । सुरक्षा जाँच त हुन्छ नै हुन्छ । त्यसमा अलिकति कडाइ नै हुन्छ ।’ उनले भने, ‘मूल उद्देश्य के भने सिंहदरबार छिर्नका लागि अब कसैलाई चिन्नुपर्दैन । चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छे भित्र भए फोन गर्दिएर काम गर्न पाउने त्यसलाई अन्त्य गर्ने हाम्रो प्रयास हो । अब सिंहदरबार हर नागरिकका लागि खुल्ला छ । तपाईँको काम हुनुपर्यो । कुनै मानिस चिन्नुपर्दैैन । काम भएकाहरुलाई सुरक्षित ढंगले खुल्ला छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP