उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालय मातहतका कार्यालय र कर्मचारीले काम नगरिदिए अथवा अनियमितता गरेको थाहा पाए सेवाग्राहीले सोझै मन्त्रालयमा गुनासो पठाउन सक्ने बताएका छन् । आज (शुक्रबार) कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले भोलिदेखि मन्त्रालय मातहतका कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् लेखिएको क्यूआर कोड राखिने बताए । सो क्यूआर कोड स्क्यान गरेर आफूलाई परेको समस्या पठाउन सकिने उनले जानकारी गराए । स्क्यानपछि आफूसँग भएका डकुमेन्ट, फोटो, भिडिओ र अन्य प्रमाणहरु गृह मन्त्रालयमै पठाउन सकिने उनले बताए ।

‘हाम्रा विभिन्न निकायहरु छन् । इमिग्रेसन छन्, जिल्ला प्रशासन कार्यालयहरु छन्, प्रहरी कार्यालयहरु छन्, चौकीहरु, जहाँ गृह मन्त्रालयअन्तर्गतका निकायहरु छन् । ती निकायहरु निर्देशनअनुसार र कानुनबमोजिम काम गरिरहेका छन् । गर्छन पनि । तर, कहीँ कतै नागरिकलाई लाग्यो, भन्छन् नि कहिलेकाहीँ मेरो उजुरी लिएन, प्रहरीले मेरो कुरा सुनेन, सीडीओले मेरो कुरा सुनेन । कहीँ गएपनि भएन । भन्ने कुरा कहाँ सुनाउने त अब ? आम नागरिकले त एउटा बर्दी लगाएको प्रहरीलाई देख्छ । बर्दी लगाएको प्रहरीलाई गएर आफ्नो कुरा भन्छ । उसले सुनेन भने के गर्नुे ? जिल्ला प्रशासन कार्यालयमा फाइल लिएर जान्छ, धाएको वर्षौ भइसक्यो । सुन्दैसुँदैनन् भन्ने गुनासोहरु छ । अब त्यस्तो कुरा सोझै गृहमन्त्रीलाई भन्न पाइन्छ । गृहमन्त्रीलाई भन्नुहोस् । यहाँ हाम्रो ठूलो युनिट बसेको हुन्छ । जसले पूरै त्यसलाई आएको गुनासो हेर्छौं,’– उनले भने ।

साथै, अब सिंहदरबार छिर्न कसैलाई चिनेको वा आफ्ुना मान्छे भएका हुनुनपर्ने पनि उनले बताए । काम भएका जो कोहीलाई पनि अबका दिनमा सिंहदरबार खुल्ला रहेको उनले बताए । यसरी काम भएका सबै सिंहदरबार छिन पाउँदै गर्दा सु्रक्षा जाँचमा भने एकदमै कडाइ गरिने उनको भनाइ छ । उनले काम भएर सिंहदरबार छिर्नेसँग सरकारले जारी गरेको कुनै परिचय पत्र हुनुपर्ने बताए ।

‘सिंहदरबारको प्रवेश पहुँचवालाहरुको प्रवेश थियो । चिनेको मान्छेले, आफ्नो मान्छे भएको मान्छेले मात्रै प्रवेश गर्न पाउने थियो । अब सिंहदरबार छिर्नका लागि काम हुनुपर्छ र सरकारले जारी गरेको एउटा आइडी, नागरिकता अथवा केही हुनुपर्छ । त्यत्ति भयो भने सिंहदरबारमा, सुरक्षा जाँच त अब संवेदनशील ठाउँ हो । सुरक्षा जाँच त हुन्छ नै हुन्छ । त्यसमा अलिकति कडाइ नै हुन्छ ।’ उनले भने, ‘मूल उद्देश्य के भने सिंहदरबार छिर्नका लागि अब कसैलाई चिन्नुपर्दैन । चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छे भित्र भए फोन गर्दिएर काम गर्न पाउने त्यसलाई अन्त्य गर्ने हाम्रो प्रयास हो । अब सिंहदरबार हर नागरिकका लागि खुल्ला छ । तपाईँको काम हुनुपर्यो । कुनै मानिस चिन्नुपर्दैैन । काम भएकाहरुलाई सुरक्षित ढंगले खुल्ला छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु

वाङ्गी फल्सको झरनामा रमाउँदा

एमाले, माओवादी र रास्वपाबाहेकको गठबन्धन बनाउने देउवाको चाहना, माधव नेपाल प्रधानमन्त्री !


TOP