आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पढाउनतिर लाग्न सुझाव दिएका छन् ।

रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले आफूले गरेको प्रस्ताव भट्टराईले अस्वीकार गरेको खुलाए ।

‘बरु पढाउनेतिर लाग्नुपर्‍यो, तपाईंले जेनेरेसनलाई आफूले जानेको सिकाउनतिर लाग्नुस् त्यहाँ चाहिँ राम्रो हुन्थ्यो कि भनेको थिएँ’, लामिछानेले भने, ‘डा. साबलाई के मन पथ्र्यो र राजनीतिक किरा भएको मान्छेलाई राजनीति भन्दा पर जाउ भनेको के मन पथ्र्यो र ?’

उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP