सोमबार , भाद्र १५, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता जारी रहेको छ । उनीहरुबीच करिब डेढ घण्टादेखि भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनको बारेमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका छन् । यसका लागि एमालेले एक जना मन्त्री फिर्ता बोलाउनुपर्ने प्रचण्डको अडान छ ।

एमाले अध्यक्ष ओलीले भने अहिले आफ्ना कुनै मन्त्री पनि फिर्ता नबोलाउने अडान लिएको बताइएको छ । भेटवार्ताका क्रममा प्रचण्ड–ओलीबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ दलका नेताहरुलाई भेला पारेको विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP