आइतबार , असार १, २०८२

छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा पनि गठबन्धनकै सरकार बनेको कारण दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने बताएका छन् । आज (सोमबार) भारत भ्रमणमै रहेका नेपाली सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भारतमा २०१४ र २०१९ कोभन्दा अहिले राजनीतिक समीकरण बनेको बताए । उनले दुवै देशमा गठबन्धनको सरकार रहेको अवस्थामा अझ सहज र एकअर्काका अनुभवहरु फलदायी हुने विश्वास व्यक्त गरे ।

‘अहिले भारतमा पनि गठबन्धनकै सरकार बन्यो । हिजो शपथ ग्रहण भएको पनि गठबन्धनकै सरकारको शपथ ग्रहण हो । त्यसले चाहीँ अझ सहज हुन्छ, हामी दुवैका अनुभवहरु एकअर्काका लागि फलदायी हुन्छन् भन्ने मलाई लागेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

साथै, नेपाल–भारत सम्बन्धलाई सहज बनाउने र आपसी सहाकार्यलाई अभिवृद्धि गर्ने कुरामा नेपालको तर्फबाट कुनै समस्या नरहेको पनि उनले बताए । भारतमा पनि नेपालमा राजनीतिक समीकरण जे–जस्तो भएपनि नेपाल–भारत सम्बन्धलाई कन्सिस्टेन्ट राख्ने, निरन्तर अगाडि बढाउने कुरामा सरकार, प्रधानमन्त्री, सबै राजनीतिक दलहरु एक रहेछन् भन्ने सन्देश गएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP