मंगलबार , बैसाख २९, २०८३

छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा पनि गठबन्धनकै सरकार बनेको कारण दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने बताएका छन् । आज (सोमबार) भारत भ्रमणमै रहेका नेपाली सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भारतमा २०१४ र २०१९ कोभन्दा अहिले राजनीतिक समीकरण बनेको बताए । उनले दुवै देशमा गठबन्धनको सरकार रहेको अवस्थामा अझ सहज र एकअर्काका अनुभवहरु फलदायी हुने विश्वास व्यक्त गरे ।

‘अहिले भारतमा पनि गठबन्धनकै सरकार बन्यो । हिजो शपथ ग्रहण भएको पनि गठबन्धनकै सरकारको शपथ ग्रहण हो । त्यसले चाहीँ अझ सहज हुन्छ, हामी दुवैका अनुभवहरु एकअर्काका लागि फलदायी हुन्छन् भन्ने मलाई लागेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

साथै, नेपाल–भारत सम्बन्धलाई सहज बनाउने र आपसी सहाकार्यलाई अभिवृद्धि गर्ने कुरामा नेपालको तर्फबाट कुनै समस्या नरहेको पनि उनले बताए । भारतमा पनि नेपालमा राजनीतिक समीकरण जे–जस्तो भएपनि नेपाल–भारत सम्बन्धलाई कन्सिस्टेन्ट राख्ने, निरन्तर अगाडि बढाउने कुरामा सरकार, प्रधानमन्त्री, सबै राजनीतिक दलहरु एक रहेछन् भन्ने सन्देश गएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP