आइतबार , असार १४, २०८३

नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले सहकारी ठगी प्रकरण छानविन गर्न बनेको समितिले गत जेठ २३ गतेदेखि नै काम सुरु भइसकेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कार्यदलले बनाएको कार्यदेशअनुसार नै छानविनको काम अगाडि जाने बताएका हुन् । समितिमा विभिन्न दलका सांसदहरुको आ–आफ्नो धारणा सुनेर एउटै निश्कर्षमा पुग्ने बताए ।

उनले हिजो बसेको समितिको बैठकले विगतमा सहकारी सम्बन्धि बनेका अध्ययन समिति, छानविन समिति र आयोगले तयार पारेको प्रतिवेदनहरु उपलब्ध गराउन माग गरिएको बताए । सहकारी समस्या आजको राष्ट्रिय समस्या बनेको बताउँदै उनले यस विषयमा आफूहरु अत्यन्त गम्भीर भएर लागेको बताए ।

नेता थापाले समितिमा रहेको सबै सदस्यहरुले प्रदान गरिएको समयभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि उनले बताए । निर्धारित समयभित्रै काम गर्नेगरी कार्यतालिका प्रस्तुत गरेको उनले बताए । उनले पीडितहरुको समस्यामा केन्द्रीत हुने कुरालाई मात्रै अहिले समितिका सदस्यहरुले समय दिइरहेको बताए ।

सहकारी ठगी प्रकरण छानविनका लागि बनेको समितिका सभापतिसमेत रहेका थापाले समिति कसैलाई तान्न र बचाउनका लागि नभएको बताए । उनले तथ्य र प्रमाणका आधारमा जो दोषी देखिए पनि समितिले कारबाहीको सिफारिस गर्ने बताए ।

‘हामी कुनै इफ बट नभनी तीन महिनामा काम सक्छौं । छानविन गर्दाखेरी तथ्यको आधारमा सत्यमा पुग्छौं । तथ्यले कसैलाई देखाउँछ भने कुन ओहदाको को हो भनेर त्यतातिर चिन्ता गर्दैनौं । हामी मुख्यकुरा प्रमाण तथ्यमा केन्द्रीत हुन्छौं । तथ्य र प्रमाण मेरैविरुद्ध आयो, मैले नै अपचलन गरेको छु भनेपनि मैले पनि छुट पाउँदिन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP