मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन स्वीकृति प्रदान गरेको हो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय भएको छ,’– मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

मन्त्री शर्माका अनुसार प्रधानमन्त्रीसँग कति जनाको टोली जाने भन्ने अहिले टुङ्गो लागिसकेको छैन । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनपश्चत मोदीले आगामी आइतबार तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिँदैछन् । File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP