मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले जोसँग पनि र जहाँ पनि जोरी खोजेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले ओलीले कसैलाई बैगुनी कान्छा र कसैलाई निष्ठुरी साइँला भनेर अपमान गरेको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र शाहसँग भिड्न केपी ओलीनै मैदानमा उत्रिनु स्वभनीय नदेखिएको पनि टिप्पणी गरे ।

‘हामी जहाँ पनि जोसँग पनि जोरी खोज्न मैदानमा उत्रिन हुँदैन । कसैलाई निष्ठुरी साइँला भन्दिएको छ । कसैलाई बैगुनी कान्छा भन्दिएको छ । यो ढंगको अभिव्यक्तिले सम्मानीय पूर्व प्रधानमन्त्रीलाई शोभा दिँदैन । काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भने हुन्छ नि ? त्यही तहमा रहेका पार्टीका प्रतिनिधिहरुलाई भन्दा हुन्छ नि । तिनले त्यही भने भइगयो नि मेयरसाब संयमले बोल्नुस्, जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् या तपाईँको शैली बदल्नुस्,’– उनले भने ।

साथै, न्यूरोडमा काठमाडौं महानगरले गरिरहेको काममा संघीय सरकारले हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाए । महामन्त्री शर्माले संघ र स्थानीय तहबीचको द्वन्द्वमा संघीय सरकार नै बढी जिम्मेवार हुनुपर्ने बताए । न्यूरोडमा बालेनले गर्न लगाएको काम जायज रहेको दाबी गर्दै उनले सो काम पुनः गर्न दिइनुपर्ने बताए ।

‘यो प्रकरणमा म यतिमात्रै भन्न चाहन्छु संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए, ठीक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । संघले यसमा कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुरातर्फ फिर्ता हुनुपर्छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP