आइतबार , असार १, २०८२

जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् ।

कूल १०७ प्रदेश सभा सदस्यमा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले ५० मतमात्रै प्राप्त गरे । प्रदेश सभा बैठकमा उपस्थिति १०३ सदस्यमध्ये मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भन्ने अर्थात विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए ।

मुख्यमन्त्री यादवले १७ महिनाको अवधिमा पाँच पटक प्रदेश सभाबाट विश्वासको मत लिनुपरेको थियो । चार पटकसम्म उनी विश्वासको मत प्राप्त गर्न सफल भएपनि यसपटक भने उनले विश्वासको मत पाएनन् ।

मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मतदान गरेका थिए । विश्वासको मतको विपक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जनमत पार्टीलगायतका दलहरुले मतदान गरे ।

नेपालको संविधानको धारा १८८ को उपधारा ३ अनुसार प्रदेश सभाबाट विश्वासको मत पारित हुन नसकेको खण्डमा मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP