आइतबार , असार १, २०८२

सर्वोच्च अदालतले नवलपरासी जिल्लाको गैंडाकोट साविक आदर्श गाविसको वडा नं. १, २ र ३ मा पर्ने नारायण नदी किनारको ९३ रोपनी ३ आना २ पैसा जग्गा सार्वजनिक कायम गरेको छ । सो जग्गा २०५५ चैत २५ गते नवलपरासी गैँडाकोटका कीर्तिनाथ चालिसेको नाममा ४० रोपनी, लक्ष्मीप्रसाद पौडेलको नाममा २६ रोपनी र लोकनाथ सापकोटाको नाममा २७ रोपनी ३ आना २ पैसा दर्ता कायम भएको थियो ।

जग्गा दर्ता कायमको विरुद्धमा अख्तियारमा उजुरी परेको थियो । सो उजुरीका आधारमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले दर्ता कायम सदर गरेको थियो । विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन परेको थियो ।

उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले विशेष अदालतको आदेश बदर गरेको हो । सर्वोच्चको फैसलामा सरकारलाई गैरकानुनी हानी र प्रतिवादीहरुलाई गैरकानुनी लाभ पुर्याउने बद्नियत राखी घरसारका लिखतलगायत नक्कली प्रमाण खडा गरेको उल्लेख छ ।

सर्वोच्चले सो जग्गा सरकारी ठहर गर्दै प्रतिवादीहरु चीरञ्जिवीलाल राजभण्डारीलाई ५ हजार, कीर्तिनाथ चालिसे, लक्ष्मीप्रसाद पौडेलर लोकनाथ सापकोटालाई जनही ४/४ हजार जरिवाना हुने ठहर गरेको छ । प्रतिवादीहरुको उमेर ८० वर्षभन्दा बढी भइसकेको भन्दै सर्वोच्चले कैद सजाय गर्न भने मानसिब नदेखिने ठहर गरेको छ । सो फैसलाको पूर्णपाठ भर्खरै सार्वजनिक भएको हो ।

यस्तो छ फैसलाको पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP