मंगलबार , बैसाख २९, २०८३

सर्वोच्च अदालतले नवलपरासी जिल्लाको गैंडाकोट साविक आदर्श गाविसको वडा नं. १, २ र ३ मा पर्ने नारायण नदी किनारको ९३ रोपनी ३ आना २ पैसा जग्गा सार्वजनिक कायम गरेको छ । सो जग्गा २०५५ चैत २५ गते नवलपरासी गैँडाकोटका कीर्तिनाथ चालिसेको नाममा ४० रोपनी, लक्ष्मीप्रसाद पौडेलको नाममा २६ रोपनी र लोकनाथ सापकोटाको नाममा २७ रोपनी ३ आना २ पैसा दर्ता कायम भएको थियो ।

जग्गा दर्ता कायमको विरुद्धमा अख्तियारमा उजुरी परेको थियो । सो उजुरीका आधारमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले दर्ता कायम सदर गरेको थियो । विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन परेको थियो ।

उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले विशेष अदालतको आदेश बदर गरेको हो । सर्वोच्चको फैसलामा सरकारलाई गैरकानुनी हानी र प्रतिवादीहरुलाई गैरकानुनी लाभ पुर्याउने बद्नियत राखी घरसारका लिखतलगायत नक्कली प्रमाण खडा गरेको उल्लेख छ ।

सर्वोच्चले सो जग्गा सरकारी ठहर गर्दै प्रतिवादीहरु चीरञ्जिवीलाल राजभण्डारीलाई ५ हजार, कीर्तिनाथ चालिसे, लक्ष्मीप्रसाद पौडेलर लोकनाथ सापकोटालाई जनही ४/४ हजार जरिवाना हुने ठहर गरेको छ । प्रतिवादीहरुको उमेर ८० वर्षभन्दा बढी भइसकेको भन्दै सर्वोच्चले कैद सजाय गर्न भने मानसिब नदेखिने ठहर गरेको छ । सो फैसलाको पूर्णपाठ भर्खरै सार्वजनिक भएको हो ।

यस्तो छ फैसलाको पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP