सोमबार , बैसाख ८, २०८२

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता नचाहेको गम्भीर आरोप लगाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली त सुरुदेखि नै संघीयताको विरोधी नेताको रुपमा चिनिएपनि प्रधानमन्त्री प्रचण्डले पनि पछिल्लो समय संघीयता नचाहेको आरोप लगाए । आज (सोमबार) एमालेसहितका विपक्षी दलहरुको संयुक्त ज्ञापनपत्र बुझ्ने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो गम्भीर आरोप लगाएका हुन् ।

उनले भने,‘यो देशमा पहिलो संघीयता चाहने मधेश प्रदेश हो । संघीयताको लागि सबभन्दा बढि काम गर्ने म नै हुँ । पहिला हामीले केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौं । उहाँ आँफैले पनि मैले संघीयता चाहेको होईन, जबरजस्ती लादिएको हो भनेर । तर, मैले प्रचण्डलाई के देखें भने उहाँ हिजो संघीयता चाहने व्यक्ति हो ।

तर, अहिले उहाँ संघीयताको घोर विरोधी व्यक्ति हो । प्रचण्डले संघीयता चाहेकै छैन् । उहाँले संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई सरकारमा ल्याउनुहुन्थेन । रवि लामिछाने त अहिलेपनि प्रदेशको चुनावमा भाग नै लिनुभएको छैन् । भर्खरै भएको उपनिर्वाचनमा पनि भाग लिनुभएन । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ त ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP