सोमबार , भाद्र १५, २०८३

सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो ।

सर्वोच्चले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो । सर्वोच्चका न्यायाधीशद्धय सुनिलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिँदा सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेका थिए ।

३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेपछि पाण्डेले सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले मुख्यमन्त्री अधिकारीले पाएको भनिएको विश्वसको मत असंवैधानिक घोषणा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP