आइतबार , असार १४, २०८३

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने बहानामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारी अपचलनमा संलग्न पार्टीका नेता तथा कार्यकतालाई जोगाइरहेको आरोप लगाएा छन् । आज (आइतबार) काठमाडौं कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन हुँदैन भनेर दृढतापूर्वक उभिएको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने केवल देखिएका पात्र भएपनि ओलीको हिडन इन्ट्र
स्ट आफ्ना मान्छे जोगाउने रहेको बताए ।

‘उहाँ (ओली) गृहमन्त्रीलाई जोगाउने बहानामा, मैले आरोप लगायो नभन्नु होला, देशभरीका एमालेहरुले पनि सुनिरहनु भएको होला, तपाईको पार्टीका अध्यक्ष, तपाईँकै एमालेका कयौं साथीहरु सहकारीमा संलग्न हुनुहुन्छ । रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्रहरु जो सहकारी अपचलनमा संलग्न हुनुहुन्छ, ती सबलाई जोगाउन चाहनुहुन्छ कमरेड केपी ओली ।’ उनले भने, ‘त्यो जोगाउन चाहिराखेर एमालेलाई नै बदनाम गराउने कर्म गरिरहनु भएको छ । एमालेका साथीहरुले विस्तारै बुझुनुहोला । दोष, आरोप, गाली रवि लामिछानेको भागमा थुपारेर उहाँ रक्षा चाहीँ एमालेका पार्टी पंत्तिलाई गर्न चाहनुहुन्छ, जो सहकारी अपचलनको सन्दर्भमा संलग्न छन् ।’

महामन्त्री शर्माले सबै प्रकरणमा संसदीय समिति आवश्यक नपर्ने बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने प्रमाण नष्ट गर्नसक्ने ठाउँमा रहेकाले संसदीय समिति आवश्यक परेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP