आइतबार , जेठ २६, २०८२

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने बहानामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारी अपचलनमा संलग्न पार्टीका नेता तथा कार्यकतालाई जोगाइरहेको आरोप लगाएा छन् । आज (आइतबार) काठमाडौं कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन हुँदैन भनेर दृढतापूर्वक उभिएको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने केवल देखिएका पात्र भएपनि ओलीको हिडन इन्ट्र
स्ट आफ्ना मान्छे जोगाउने रहेको बताए ।

‘उहाँ (ओली) गृहमन्त्रीलाई जोगाउने बहानामा, मैले आरोप लगायो नभन्नु होला, देशभरीका एमालेहरुले पनि सुनिरहनु भएको होला, तपाईको पार्टीका अध्यक्ष, तपाईँकै एमालेका कयौं साथीहरु सहकारीमा संलग्न हुनुहुन्छ । रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्रहरु जो सहकारी अपचलनमा संलग्न हुनुहुन्छ, ती सबलाई जोगाउन चाहनुहुन्छ कमरेड केपी ओली ।’ उनले भने, ‘त्यो जोगाउन चाहिराखेर एमालेलाई नै बदनाम गराउने कर्म गरिरहनु भएको छ । एमालेका साथीहरुले विस्तारै बुझुनुहोला । दोष, आरोप, गाली रवि लामिछानेको भागमा थुपारेर उहाँ रक्षा चाहीँ एमालेका पार्टी पंत्तिलाई गर्न चाहनुहुन्छ, जो सहकारी अपचलनको सन्दर्भमा संलग्न छन् ।’

महामन्त्री शर्माले सबै प्रकरणमा संसदीय समिति आवश्यक नपर्ने बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने प्रमाण नष्ट गर्नसक्ने ठाउँमा रहेकाले संसदीय समिति आवश्यक परेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP