आइतबार , असार १४, २०८३

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संसद्मा अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । पार्टीको बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको औँल्याए । कांग्रेसले सदन अवरोध गर्नुको पछाडि सत्ता समीकरण भत्काउने नियत लुकेको टिप्पणी गरे । ‘संसद्को अवरोधका पछाडि अहिलेको सत्ता समीकरण भत्काउने नियत लुकेको हुनसक्छ,’– उनले भने ।

उनले कोशी प्रदेशको नामाकरणमाथि प्रश्न उठाउने र लोकप्रियताको नारा लगाउने दुवै खाले शक्तिहरु इलामको उपनिर्वाचनमा जनताले दिएको अभिमतबाट परास्त भएको दाबी गरे । पार्टीका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको अधिवेशनमा एमाले का स्थायी कमिटी सदस्य अग्नी खरेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

झापाका चार पालिकामा नेतृत्व चयन

एमालेले झापाका १५ वटा पालिकामध्ये चार वटा नगरपालिकामा पार्टीको पालिका समिति हालै निर्वाचित गरेको छ । मेचीनगरमा राजु कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ भने शिवसताक्षी नगर कमिटीको अध्यक्षमा मेदनी दङ्गाल निर्वाचित भएकी छन् ।

यसैगरी, पार्टीको झापा गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा मोहन घिमिरे र दमक नगर कमिटीको अध्यक्ष पदमा राम पौडेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP