सोमबार , बैसाख ८, २०८२

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संसद्मा अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । पार्टीको बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको औँल्याए । कांग्रेसले सदन अवरोध गर्नुको पछाडि सत्ता समीकरण भत्काउने नियत लुकेको टिप्पणी गरे । ‘संसद्को अवरोधका पछाडि अहिलेको सत्ता समीकरण भत्काउने नियत लुकेको हुनसक्छ,’– उनले भने ।

उनले कोशी प्रदेशको नामाकरणमाथि प्रश्न उठाउने र लोकप्रियताको नारा लगाउने दुवै खाले शक्तिहरु इलामको उपनिर्वाचनमा जनताले दिएको अभिमतबाट परास्त भएको दाबी गरे । पार्टीका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको अधिवेशनमा एमाले का स्थायी कमिटी सदस्य अग्नी खरेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

झापाका चार पालिकामा नेतृत्व चयन

एमालेले झापाका १५ वटा पालिकामध्ये चार वटा नगरपालिकामा पार्टीको पालिका समिति हालै निर्वाचित गरेको छ । मेचीनगरमा राजु कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ भने शिवसताक्षी नगर कमिटीको अध्यक्षमा मेदनी दङ्गाल निर्वाचित भएकी छन् ।

यसैगरी, पार्टीको झापा गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा मोहन घिमिरे र दमक नगर कमिटीको अध्यक्ष पदमा राम पौडेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP