शनिबार , असार १३, २०८३

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले सहकारी ठगी प्रकरण विषयान्तर गराउन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको टिप्पणी गरेकी छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगी प्रकरणको विषयान्तर गराउन खोजेको बताएकी हुन् ।

‘अहिले जुन पछिल्लो घटनाक्रम हामीले देखिरहेका छौं, राज्य र प्रेस जगतमा फाटो ल्याउने काम भइरहेको छ । यो लाखौं सहकारी पीडितहरुको जेन्युन मागबाट विषयान्तर गराउन यो फोहोरी खेल भइराखेको छ,’– उनले भनिन् ।

साथै, नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकीकरण हुने सम्भावना नरहेको उनले बताईन् । उनले माओवादीका नेताहरुले आफूहरुले धेरै पहिला पठाएको प्रस्तावको जवाफ नदिएर उल्टै पार्टी विभाजनमा भूमिका खेलेको बताईन् । उनले नेसपा जनताको मुद्दा बोकेर हिँडिरहेको समेत बताईन् । अहिले आफूहरु बालविकास (ईसीडी) शिक्षकको सेवा सुविधा र सामुदायिक विद्यालयका विद्यार्थीहरुको दिवा खाजाको विषयमा आवाज उठाइरहेको बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP