शनिबार , असार १३, २०८३

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संरक्षण गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी र एमालेले नै रवि लामिछानेलाई अहिलेको हैसियत प्रदान गरेको बताएका हुन् । माओवादी र एमालेले संरक्षण नगरेको खण्डमा लामिछानेको हैसियत अहिलेको जस्तो नहुने उनको दाबी छ ।

उनले लामिछानेको दल ‘टुप्पाबाट पलाएको’ टिप्पणी गरे । यस्तो दलले धेरै रापताप सहन नसक्ने उनको भनाइ छ । साथै, लामिछाने आफैं पनि राजनीतिमा कच्चा रहेकाले धेरै विवाद आएको उनको दाबी छ । राजनीतिमा लामिछानेको कुनै त्याग, बलिदान र योगदान नरहेको उनको भनाइ छ । नेता बिडारीले देशमा युद्ध र आन्दोलन रहेको बेला लामिछाने विदेशतिर भासिएको भन्दै कटाक्ष गरे ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले पटक–पटक आफूहरु एक थोपा पनि रगत नबगाई राजनीतिमा स्थापित भएको भनेर अभिव्यक्ति दिँदै आएकोप्रति खण्डन गर्दै उनले भने, ‘रक्तपात नगरी आयौं भनेर गृहमन्त्रीले भनेको प्रश्न गर्नुभयो । त्यसै भएर नै उहाँ कच्चा हुनुभएको हो । धेरै विवादहरु भएको हो । त्यसै भएर नै उहाँको राजनीति ओलीजीले अथवा हाम्रो पार्टीले उहाँलाई छेकथुन अथवा संरक्षण नगर्ने हो भने उहाँको हैसियत त्यस्तो हुँदैन । उहाँको पार्टी वर्खामा च्याउ उम्रेको जसरी आएको हो । हिउँद लागेपछि खाङ्ग्राङखुङ्ग्रुङ जान्छ । उहाँले धेरै फूर्ति गर्नुहुँदैन । उहाँको राजनीतिमा त्याग पनि छैन, बलिदान पनि छैन । राजनीतिक पुष्ठभूमि पनि छैन । उहाँ युद्ध, आन्दोलन भएको बेलामा विदेशमा हुनुहुन्थ्यो । यो देशमै हुनुहुन्नथ्यो । हामीले बुझ्नुपर्यो कुरा के भने उहाँ सजिलो तरिकाले आएको हुनाले अनुभव, अनुभूति र साक्षात्कार छैन । त्यसो भएर उहाँ हाम्रो उखान छ नि टुप्पाबाट पलाएको ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP