शनिबार , असार १३, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टी एकढिक्का रहेको बताएका छन् । आज (बिहीबार) पार्टी कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी विभाजनको हल्ला आइरहेको र कसैलाई ढुक्कले विश्वास गरेर छाड्न नसकिने भन्दै तथ्य र सूचना दिन भनेको हुन् ।

‘तपाईँहरुले नेकपा (एकीकृत समाजवादी) विभाजन हुँदै छ कि भनेर सुनाउनु भयो । यो सुनाइसकेपछि तपाईँहरुलाई पक्कै सबै सूचनाहरु प्राप्त भएका छन् होला । त्यो छ भने कृपया हामीलाई सहयोग गर्नुस् । सूचनाहरु, तथ्यहरु हामीलाई उपलब्ध गराउनुस् । कुनै पनि कुरालाई यत्तिकै हल्ला हो भनेर भन्न पनि सकिँदैन । त्यत्तिकै कसैलाई विश्वास गरेर छोड्न पनि भन्न सकिँदैन । हामी आँखा चिम्लिएर विश्वास पनि गर्दैनौं । हुँदै होईन भनेर अस्वीकार पनि गर्दैनौं,’– उनले भने ।

साथै, एकीकृत समाजवादी विभाजन गर्न सहज नरहेको उनको भनाइ छ । उनले कसैले कुभलो चिताएको छ भने नचिताउन पनि आग्रह गरे । दल विभाजन हुँदैछ भन्ने समाचारहरु आएपछि आफू आत्तिएको पनि उनले सुनाए । त्यसपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका आफ्ना सांसदहरुको संयुक्त बैठक राखेर धारणा बुझेको पनि उनले बताए । अध्यक्ष नेपालले बैठकमा कसैले पनि असन्तुष्टि व्यक्त नगरेको र सबै जना एकताबद्ध भएर अगाडि बढ्न तयार रहेको बताए ।

‘तपाईँहरुले नै बाहिर समाचार ल्याएको हुनाले हामी आत्तियौं । आत्तिएर संसदीय दलको बैठक बस्यौं । समाचार सही हो कि गलत हो थाहा छैन, तपाईँहरुले हामीलाई अत्याउनु हुँदोरहेछ ।’ उनले भने, ‘प्रतिनिधि सभामा रहेको १० जना सदस्यहरु, राष्ट्रिय सभामा रहेका ८ जना सदस्यहरुको उपस्थिति थियो । हामीले १८ जनाकै बीचमा छलफल गर्यौं । एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भनेर हामीले त्यहाँ निर्णय पनि गर्यौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP