प्रतिनिधि सभाको बैठक सरेपछि नेपाली कांग्रेसका सांसदबीच छलफल जारी रहेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ।

कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्।

कांग्रेसले संसद् अवरोध गरे एमाले प्रतिवाद गर्ने बुधबार संसदीय दलको बैठकमा केपी शर्मा ओलीले जानकारी गराएका थिए। बिहीबारको बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने र लामिछानेलाई संसदमा बोल्न नदिए एमाले बोल्ने चेतावनी दिएपछि कांग्रेसले लामिछानेलाई बोल्न दिन लचिलो बनेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।

बिहीबार बिहान सत्तारूढ नेकपा एमाले०का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग बालुवाटारमा कुराकानी गरेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरूलाई उक्त सन्देश पठाएका छन्।

बिहीबार संसद् भवनमा चलिरहेका अनौपचारिक छलफलहरूमा दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधनगरेपछि सदनको बैठक सुचारू गर्ने र सहकारीका समग्र समस्या समाधान गर्नका लागि संसदीय समिति गठन गर्नेमा करिब सहमतिमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, विश्वकप खेल्ने ढोका खुल्यो

निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु

वाङ्गी फल्सको झरनामा रमाउँदा

एमाले, माओवादी र रास्वपाबाहेकको गठबन्धन बनाउने देउवाको चाहना, माधव नेपाल प्रधानमन्त्री !


TOP